
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा मन्त्री बनेपछि रिक्त रहेको प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक समितिको सभापतिको चुनाव साउन १५ गते मंगलबार हुने भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख (बैठकको अध्यक्षता गरेकी उपसभामुख इन्दिरा राना)ले उक्त जानकारी गराएकी हुन् ।
यसका लागि निर्वाचन कार्यक्रम आइतबार नै सार्वजनिक गर्न प्रतिनिधिसभाका सचिवलाई जिम्मा लगाइएको छ ।
साउन ३१ गते आरजु परराष्ट्रमन्त्री बनेपछि कृषि समितिको सभापति पद स्वतः रिक्त भएको थियो ।
यसअघि पार्टीको भागमा परेको सभापति कांग्रेसले नै लिनेगरी तयारी भएको कांग्रेसका एक सांसदले जानकारी दिए ।