२८ जेठ २०८३, बिहीबार

विद्यालयको जीर्ण भवनबाट वडा कार्यालयको काम

साउन १३, २०८१
भोजपुर
विद्यालयको जीर्ण भवनबाट वडा कार्यालयको काम

आफ्नै भवन नहुँदा भोजपुर नगरपालिका–५, बोखिममा रहेको वडा कार्यालयले वर्षौदेखि विद्यालय भवनबाट दैनिक सेवा प्रवाह गर्दै आइरहेको छ । कार्यालयले पञ्चकन्या माविको जीर्ण भवनबाट सेवा सञ्चालन भइरहेको जनाएको छ । 

आफ्नै भवन अभावमा विद्यालयको जीर्ण भवनबाट वडाको दैनिक कामकाज गर्दै आएको वडाध्यक्ष फबिन्द्र प्रधानले बताए । “हामीसँग वडा कार्यालय सञ्चालनका लागि भवन छैन, स्कुलको कोठा मागेर बनाएको कार्यालयमा पनि काम गर्न निकै कठिन हुने गरेको छ”, प्रधानले भने । 

विद्यालयले दिएको दुई कोठे भवन पनि सबै जीर्ण अवस्थामा छ । वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय धनराज राईले तीन रोपनी जग्गा उपलब्ध  गराएका छन् । जग्गा उपलब्ध भए पनि बजेट अभावमा भवन निर्माण हुन सकेको छैन । 

पूर्वाधार अभावका कारण सेवाग्राही आउँदा भीड हुने र चुस्त सेवा दिन गाह्रो हुने गुनासो अध्यक्ष प्रधानको छ । कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा काम गर्न नसकिएको वडासचिव अभिनास राईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्