![आज साउनको दोस्रो सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको भीड [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/shivalaya_1_8CyBVwZGWQ.jpg)
आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको छ ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।
हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायत स्थानमा देख्न सकिन्छ ।




तस्वीर: रासस