०५ साउन २०८३, मंगलबार

भारतीय महिला खेलाडीले ओलम्पिकमा पदक जित्दा चिनियाँ राजदूतले लेखे– गौरवको विषय

साउन १४, २०८१
काठमाडौं
भारतीय महिला खेलाडीले ओलम्पिकमा पदक जित्दा चिनियाँ राजदूतले लेखे– गौरवको विषय

भारतीय खेलाडी मनु भाकेरले पेरिस ओलम्पिकमा भारतका लागि पहिलो पदक जितेपछि चीनले खुसी व्यक्त गरेको छ । भाकरले पदक जितेपछि नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गरेका हु्न् । 

उनले भाकरको पोष्ट एक्समा रिपोस्ट गर्दै दक्षिण एसियाली महिलाहरूको लागि गौरवको विषय बनेको उल्लेख गरेका छन् । 'बधाई छ, दक्षिण एसियाली महिलाहरूको लागि रोल मोडेल र गौरव,' उनले लेखेका छन् । 

भाकरले १० मिटर एयर पिस्टलमा कास्य पदक जितेकी थिइन् । उनी सुटिङमा ओलम्पिक पदक जित्ने पहिलो भारतीय महिला खेलाडी हुन् । 

पेरिस ओलम्पिकमा कास्य पदक जितेकी भाकेरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरी बधाई दिएका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्