आइतबार उच्च वृद्धि भएको शेयर बजार परिसूचक नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट आएको छ ।
१९ अर्ब माथिको कारोबार हुँदा नेप्से परिसूचक २०.४६ अंकले गिरावट आएर २६६१ दशमलव ६१ अंकमा कायम भएको छ ।
१६८ कम्पनीका लगानीकर्ताले गुमाउँदा ७० कम्पनीका लगानीकर्ताले कमाएका छन् । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।
सबैभन्दा बढी नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने धेरै गुमाउनेमा आरम्भ चौतारी लघुवित्तका लगानीकर्ता छन् ।
सोमबार ३२५ कम्पनीको शेयर २ लाख २२ हजार ६६० पटक कारोबार भयो ।