११ असार २०८३, बिहीबार

सहकारी ठगीका १८ व्यक्तिलाई विदेशबाट ल्याउन गृहमन्त्री तयार [सूचीसहित]

साउन १४, २०८१
काठमाडौं
सहकारी ठगीका १८ व्यक्तिलाई विदेशबाट ल्याउन गृहमन्त्री तयार [सूचीसहित]

सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय समितिले रकम अपचलन गरेर विदेशमा रहेका १८ व्यक्तिलाई नेपाल ल्याउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ।

समितिको सोमबार बसेको २३ औं बैठकमा सभापति सूर्य थापाले विदेशमा लुकेर बसेका सहकारीका पदाधिकारीलाई नेपाल ल्याउनका लागि पहल थाल्न गृहमन्त्री लेखकलाई निर्देशन दिएका हुन् ।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसमेत सहभागी रहेको बैठकमा सभापति थापाले विदेशमा रहेका वा फरार रहेका १८ जनालाई सम्पर्कमा ल्याउन र सोधपुछ गर्ने प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

बैठकमा गृहमन्त्री लेखकले समितिको निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘समितिको कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउने, बचतकर्ताहरूको बचत दुरूपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भई दिने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी राख्दैन,’ लेखकले भने, ‘विदेशमा लुकेर बसेकालाई कसरी ल्याउन सकिन्छ, त्यसबारे प्रहरी गृह सचिव र महानिरीक्षकको ध्यानाकर्षण गराउँछु ।’​

यी हुन् विदेशमा लुकेर बसेका सहकारीका सञ्चालक एवं सदस्य

१)जीबी राई (सूर्य दर्शन सहकारी, पोखरा)
२) भरत महर्जन (सुमेरु सहकारी, ललितपुर)
३) राजमाया महर्जन ( सुमेरु सहकारी, काठमाडौं )  
४) सचिन महर्जन ( सुमेरु सहकारी, काठमाडौं )  
५) सरला महर्जन (सुमेरु सहकारी, काठमाडौं )  

६) धनबहादुर बम्जन (सूर्यदर्शन सहकारी, पोखरा)
७) भूपेन्द्र राई (सूर्यदर्शन सहकारी, पोखरा)
८) तेजबहादुर बम्जन (शिव शिखर सहकारी)
९) देवकुमार नेपाली (इमेज बचत, पोखरा)
१०) छेदा नेपाली (इमेज बचत सहकारी, बागलुङ)

११) तस्बिरन खातुन (सानोपाइला सहकारी,वीरगन्ज​) 
१२) असरफ अलि (सानो पाइला सहकारी, वीरगन्ज)
१३) सुवास केसी (सहारा सहकारी, चितवन)
१४) दीपक पौडेल  (इमेज सहकारी, बागलुङ) 
१५ लीलानाथ गौतम (शिव शिखर सहकारी, भक्तपुर)

१६ महाशंकर रेग्मी (मेघा ड्रिम सहकारी, काठमाडौं)
१७ थानबहादुर बुढामगर (सूर्यदर्शन सहकारी, पोखरा)
१८ प्रेमध्वज लामा (कान्तिपुर कोअपरेटिभ, काठमाडौं )

salt training

कमेन्ट गर्नुहोस्