०२ साउन २०८३, शनिबार

प्रधानमन्त्री र कांग्रेस महामन्त्रीको अभिव्यक्ति रास्वपालाई सिद्ध्याउनुपर्छ भन्ने ढंगले आयो– रवि लामिछाने

साउन १४, २०८१
काठमाडौं
प्रधानमन्त्री र कांग्रेस महामन्त्रीको अभिव्यक्ति रास्वपालाई सिद्ध्याउनुपर्छ भन्ने ढंगले आयो– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नो पार्टी कांग्रेस–एमालेको टार्गेट बनेको आरोप लगाएका छन् ।

नयाँलाई सिद्ध्याएपछि मात्र आफ्नो पार्टी जोगिन्छ भनेर कांग्रेस–एमाले मिलेको उनले आरोप लगाए । 

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा लामिछानेले सरकारमा रहेका ठूला दल रास्वपालाई सिद्ध्याउन लागिपरेको आरोप लगाएका हुन् ।

‘संसद्‌मा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट स्पष्ट हुन्छ, कि सकारमा रहेका दुई ठूला दलको टार्गेट नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रधानमन्त्री, हिजो कांग्रेस महामन्त्री (विश्वप्रकाश शर्मा) र  आज विषयान्तर गर्नुभएको एमालेका पुराना नेता (रघुजी पन्त)को अभिव्यक्तिले के देखाउँछ भने नयाँलाई ठीक पार्नुपर्छ, यिनलाई एउटा-एउटा आरोप लगाइ दिएपछि मात्र हाम्रो जोगिन्छ भनेर मिलेको कुरा प्रष्ट भएको छ,’ लामिछानेले भने ।​ 

आइतबार प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री शर्माले लामिछानेले स्टन्टम्यान बन्न खोजे पनि केही काम नगरेको बताएका थिए ।

सोमबार एमाले सांसद पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेले दिएको कच्चा राष्ट्रवादको आरोपप्रति आपत्ति जनाएका थिए ।

‘यहाँ के-के डक्ट्रिनको कुरा उठ्यो, होली वाइन डक्ट्रिन के हो सोध्न मन छ । मध्यरातमा खुफिया एजेन्सीका मान्छेसँग भेटिने डक्ट्रिन जान्न मन छ । कुनै बिचौलियाको घरमा मध्यरातमा बसेर सरकार चलाउने दस्तावेजको बारे बोल्न मन छ,’ लामिछानेले भने ।

salt training

कमेन्ट गर्नुहोस्