१२ असार २०८३, शुक्रबार

जापानमा छुरा प्रहारबाट तीन जनाको मृत्यु

साउन १४, २०८१
काठमाडौं
जापानमा छुरा प्रहारबाट तीन जनाको मृत्यु

मध्य जापानको शिजुओका प्रान्तमा आइतबार छुरा प्रहारबाट एकै परिवारका तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जीजी प्रेसका अनुसार स्थानीय समयअनुसार आइतबार दिउँसो २ः२५ बजे प्रहरीलाई किकुगावा शहरको आवासीय क्षेत्रमा रहेको एक घरमा एक व्यक्ति अस्वभाविकरूपमा दौडिरहेको सूचना प्राप्त भएको थियो ।

प्रहरी अधिकारीहरू उक्त घरमा पुग्दा ८७ वर्षीय शोइची शिबुया, उनकी श्रीमती ८१ वर्षीया इकुको र उनीहरूकी ५२ वर्षीया छोरी रुमिको छुरा प्रहारबाट घाइते भएको अवस्थामा फेला परेका थिए ।

उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकका नातेदार मानिएका २० वर्षीय एक व्यक्ति फरार रहेको र हत्याको आशङ्कामा उक्त व्यक्तिलाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

शिजुओका प्रिफेक्चुरल प्रहरीका अनुसार घटनास्थलमा एउटा चक्कु फेला परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्