१३ असार २०८३, शनिबार

कार्गो दिवसको अवसरमा नेपाल एयरलाइन्स सम्मानित

साउन १४, २०८१
काठमाडौं
कार्गो दिवसको अवसरमा नेपाल एयरलाइन्स सम्मानित
फाइल फोटो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) धेरै कार्गो बोक्ने विमान कम्पनीका रूपमा सम्मानित भएको छ ।

सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रूपमा सम्मानित भएको हो ।

नेपाल फ्रेट परवार्डर्स एसोसिएसनद्वार आज काठमाडौंमा आयोजित ३०औं कार्गो दिवसका अवसरमा उक्त सम्मान प्राप्त गरेको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सम्मानबाट कार्गो व्यापार बढाउन थप हौसला प्राप्त भएको निगमका कार्यकारी  अध्यक्ष युवराज अधिकारीले बताए ।

उनले निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यमा ‘डेन्जरस गुड्स’लगायतका कार्गो ढुवानी गर्दै आइरहेको जानकारी दिए ।

यस कार्यमा सहयोग गर्ने सबै सरोकारवाल, कार्गो एजेन्ट कर्मचारीलगायतलाई उनले धन्यवाद दिए ।

salt training

कमेन्ट गर्नुहोस्