२४ असार २०८३, बुधबार

ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

साउन १४, २०८१
काठमाडौं
ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री खड्काले नेपाल–अमेरिकाबीचको ७७ वर्ष लामो सम्बन्धलाई थप प्रगाढ बनाएर अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए ।

उनले ऊर्जा क्षेत्र नेपालको आर्थिक विकासको सबैभन्दा ठूलो क्षेत्र भएकाले यसलाई अगाडि बढाउन अमेरिकाको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

'यूएसएआईडीमार्फत अमेरिकाले नेपालको विकासमा ठूलो सहयोग गरेको छ, आगामी दिनमा पनि यस्तो सहयोग हुने विश्वास लिएको छु,' मन्त्री खड्काले भने ।

ऊर्जा क्षेत्रको विकासमा भएका कानूनी झन्झटलाई हटाएर सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।

भेटमा अमेरिकन राजदूत थम्पसनले नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिका सधैं सहकार्य गर्न तयार रहेको बताए ।

उनले आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्