२७ असार २०८३, शनिबार

पेरिस ओलम्पिक : खेलकुदका क्रममा गर्मीको चेतावनी जारी

साउन १५, २०८१
काठमाडौं
पेरिस ओलम्पिक : खेलकुदका क्रममा गर्मीको चेतावनी जारी

फ्रान्सको मौसम विज्ञान एजेन्सीले पेरिस र वरपरका क्षेत्रहरूमा ओलम्पिक खेलहरू आयोजना गर्ने क्रममा आँधी र ३५ डिग्री सेल्सियसको उच्च तापक्रमको सम्भावना रहेको चेतावनी जारी गरेको छ ।

फ्रान्सका अन्य ओलम्पिक स्थलहरूमा तापक्रम बढिरहेकाले एजेन्सीले राजधानीका लागि ‘पहेँलो चेतावनी’ जारी गरेको हो । तातो अवस्था रातभर रहने पूर्वानुमान छ ।

एजेन्सीका अनुसार मध्यम चेतावनी स्तरको अर्थ मानिसहरूले खेल खेल्दा वा अन्य शारीरिक गतिविधिमा संलग्न हुँदा गर्मीको प्रभावप्रति ‘सतर्क’ हुनुपर्छ ।

मङ्गलबार दिउँसो बोर्डोमा स्पेन र इजिप्टबीच फुटबल खेल हुँदा अवस्था अझ तनावपूर्ण हुनसक्छ । 

लियोनका लागि पनि उच्च तापक्रमको पूर्वानुमान गरिएको छ । लियोनमा युक्रेनका फुटबलरहरू मङ्गलबार अर्जेन्टिनासँग भिड्नेछन् ।

ओलम्पिक सुटिङ कार्यक्रमहरू आयोजना गर्ने केन्द्रीय सहरमा मङ्गलबार तापक्रम ३६ डिग्री सेल्सियस पुग्नसक्ने पूर्वानुमानकर्ताहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्