११ असार २०८३, बिहीबार

युट्युबले पनि पत्रकारिताका आधारभूत पक्ष र आचारसंहिता पूर्णपालना गर्नैपर्छ : अध्यक्ष बस्नेत

साउन १५, २०८१
काठमाडौं
युट्युबले पनि पत्रकारिताका आधारभूत पक्ष र आचारसंहिता पूर्णपालना गर्नैपर्छ : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरूलाई संस्थागत विकासगरी जिम्मेवार हुन आग्रह गरेका हुन् । 

मिडियाको रूपमा चल्ने युट्युबले पत्रकारिताका आधारभूत पक्ष, पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्ने उनको भनाइ छ । 'मिडिया भन्ने तर, पत्रकारिता के हो भन्ने थाहा नपाउने प्रवृत्ति पनि देखियो । व्यक्तिगत रूपमा चलेका युट्युबको पनि देश र समाजप्रति जिम्मेवारी हुन्छ । नागरिक दायित्व हुन्छ । मिडियाको रूपमा चल्ने युट्युबले त पत्रकारिताका आधारभूत पक्ष र पत्रकार आचारसंहिताको पूर्णपालना गर्नैपर्छ,' अनलाइनमार्फत् नयाँ शुरू भएका सञ्चार माध्यमका लागि सोमबार काउन्सिलले राखेका अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भने । 

नयाँ खुलेका अनलाइनसहित सञ्चार माध्यमका प्रकाशक, सम्पादकलाई सम्बोधन गर्दै उनले स्वस्थ, मर्यादित, तथ्य र जिम्मेवारीपूर्ण पत्रकारिताबिना विकास र समृद्धिको यात्राको संवाहक हुन नसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताए । 'देशलाई धनी बनाउन र जनतालाई निराशाबाट मुक्त पार्न अब मिडियाले पत्रकारिताको धार परिवर्तन गर्न जरुरी छ । हुँदै नभएका कुरा लेखेर, बोलेर, एकपक्षीय आरोप लगाएर र कसैको उक्साहटमा परी गलत र मिथ्या सूचना दिनु अपराध हो । यसले विकृति र वितृष्णा मात्र बढाएको छ,'  अध्यक्ष बस्नेतले भने, 'देश विकासका लागि पत्रकारिताले सृजनात्मक र रचनात्मक भूमिका खेल्नुपर्छ । समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरूसहित प्रश्न उठाउनु पर्छ ।'

प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता विकास र विस्तारका लागि विभिन्न मिडिया जगतसँग हातेमालो कार्यक्रम गरिरहेको उनले जानकारी दिए । 'रचनात्मक पत्रकारिता देश र जनताको पक्षमा हुन्छ । जनतामैत्री हुन्छ । विकासमुखी र समृद्धिको बाहकसमेत हुन्छ ।' उनले भने, 'मिडियाले यो फरक बाटो रोज्न थप अध्ययन, अनुसन्धान र खोजी भने गर्नुपर्छ । त्यसो गर्न सके केही मिडियामा अहिले देखिएको गलत सूचनाको बाढी र सामाजिक सञ्जालमा भाइरल हुने रोग आफैँ कम हुँदै जान्छ ।'

null

काउन्सिलले पत्रकार आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न अनलाइन र युट्युब माध्यममा कार्यरत पत्रकारलाई नियमित अभिमुखीकरण कक्षा लिँदै आएको छ ।

सोमबार स्रोत व्यक्तिका रुपमा पत्रकार पुनम पौडेलले काउन्सिलले जारी गरेका महिला, बालबालिकासहित विभिन्न सञ्चार निर्देशिका कसरी पालना गर्ने विषयमा सहजीकरण गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्