२६ असार २०८३, शुक्रबार

दाङमा ट्रकको ठक्करबाट व्यापारीको मृत्यु, स्थानीयले गरे पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

साउन १५, २०८१
काठमाडौं
दाङमा ट्रकको ठक्करबाट व्यापारीको मृत्यु, स्थानीयले गरे पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

दाङमा ट्रकको ठक्करबाट एक व्यापारीको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

मृतकका आफन्तले दोषीमाथि कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै पूर्व-पश्चिम राजमार्ग बन्द गरेका हुन् । राजमार्ग बन्द हुँदा भालुवाङ तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । 

मंगलबार बिहान भालुवाङ पुल्चोकस्थित तीनकुने चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु. प. प्र ००१६ ख २७७९ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय फलफूल व्यवसायी लोकप्रकाश भट्टराईको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । 

राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोकमा फलफूलको व्यापार गर्दै आएका ५० वर्षीय भट्टराईलाई बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । 

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

salt training

कमेन्ट गर्नुहोस्