काठमाडौं, १० कात्तिक - गृहमन्त्रालयले छठको अवसरमा आज (शुक्रबार) बिदा दिएको छ । मन्त्रालयले बिहिबार जारी गरेको विज्ञप्तिमा आज पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ । सरकारले बिहिबार पनि छठको अवसरमा सार्वजनिक बिदा दिएको थियो । आज उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ ।