१३ असार २०८३, शनिबार

सामसङ नेपालले ल्यायो नि:शुल्क पीक-अप र ड्रप सेवा​

साउन १५, २०८१
काठमाडौं
सामसङ नेपालले ल्यायो नि:शुल्क पीक-अप र ड्रप सेवा​

सामसङ नेपालले नि:शुल्क पीक-अप र ड्रप सेवा ल्याएको छ।

काठमाडौं उपत्यकाभरि वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि नि:शुल्क पीकअप र ड्रप सेवा ल्याएको कम्पनीले जनाएको छ ।

वारेन्टीमा रहेका मोबाइलहरूमा कुनै समस्या देखिएमा नेपाल टेलिकमको टोल-फ्री नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ मा वा ह्वास्स अप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पीक-अप र ड्रप सेवा सुविधा पाउने सामसङले जनाएको छ।

मोबाइल लिन सामसङका प्रतिनिधि ग्राहकले कल गरेको १ दिनभित्रै ग्राहकको घरमा पुग्नेछन् । साथै मोबाइल लिने र मर्मत भएपछि फेरि घरमै पुर्‍याइदिने कम्पनीले जनाएको छ ।

हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरहरूबाट यो सुविधा दिइएको छ।

salt training

कमेन्ट गर्नुहोस्