
काठमाडौं महानगरपालिकाले विपद् र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा शुरू गरेको छ ।
यसको जानकारी महानगरका प्रमुख (मेयर) बालेन शाहले मंगलवार सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
डेङ्गी, हैजासहितका महामारीका रुपमा फैलिने रोगको उपचारका लागि स्वास्थ्य विभागबाट परामर्श, सेवा सिफारिस र उपचार समन्वय पनि प्रदान गरिने मेयर शाहको भनाइ छ ।
साथै १०२ मार्फत निःशुल्क एम्बुलेन्स सेवा पनि लिन सकिने छ ।
‘विपद र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा शुरू भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वास्थ्य विभागबाट डेङ्गी, हैजासहितका महामारीका रुपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा सिफारिस र उपचार समन्वय प्रदान हुनेछ । साथै १०२ मार्फत निःशुल्क एम्बुलेन्स सेवा पनि लिन सक्नु हुनेछ ।’
विपद र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा सुरु भएको छ ।
। स्वास्थ्य विभागबाट डेङ्गी, हैजासहितका महामारीका रुपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा शिफारिस र उपचार समन्वय प्रदान हुनेछ ।
साथै १०२ मार्फत निसुल्क Ambulance सेवा पनि लिन सक्नु हुनेछ । pic.twitter.com/upmX8RGttR— Balen Shah (@ShahBalen) July 30, 2024