३२ असार २०८३, बिहीबार

‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ लेखेर आत्महत्या

कात्तिक २०, २०७४
‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ लेखेर आत्महत्या

धनगढी, १० कात्तिक - कैलालीको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आफ्ना आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । 

घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । 

उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो गर्नुपरेको समेत लेखिएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । 

आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठामा जोशीले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्