०५ असार २०८३, शुक्रबार

आजपा निकट उद्योग वाणिज्य संघको अध्यक्षमा जयसवाल चयन

साउन १५, २०८१
काठमाडौं
आजपा निकट उद्योग वाणिज्य संघको अध्यक्षमा जयसवाल चयन

 आजपा निकट आम उद्योग वाणिज्य संघको प्रथम राष्ट्रिय भेलाबाट साजन कुमार जयसवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । 

पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा राजधानीमा भएको भेलाबाट जयसवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । 
जसअनुसार उपाध्यक्ष ४ जना, महासचिव १ जना, सचिव १ जना सहसचिव १ जना, कोषाध्यक्ष एक जना र बाँकी सदस्यसमेत गरेर १०१ जनाको कार्यसमिति चयन गरिएको छ ।  

भेलाले आम उद्योगी व्यवसायीहरुको पेशागत सुरक्षा, समृद्धि र सम्मानका लागि देशभर संगठन विस्तार तथा संघर्षका कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने निर्णय समेत गरेको संघले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्