![मनोहरा किनारका बस्तीमा बाढी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/manohara_1_XRzJ6lCB9m.jpg)
मनोहरा खोलामा आएको बाढी आसपासका बस्तीमा परेको छ । गएरातिको वर्षासँगै आएको छ बाढीले वरपरका बस्ती डुबानमा परेका हुन् ।
केही घरमा पानी पसेको छ ।

गएराति काठमाडौं उपत्यकाका धेरै ठाउँमा भारी वर्षा भएको थियो । उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेको छ ।
बागमती, हनुमन्ते, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु र बल्खुखोलामा जलसतह सतर्कता (खतरा) तह नजिक रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदी किनारको सडक र बस्तीमा बाढीआउन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै, किनारबाट यात्रा नगर्न र डुबान हुने स्थानमा बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


