ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय पार्टी कार्यालय डुबानमा परेको छ ।
गएरातिको वर्षासँगै मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो ।
बाढी सडक र कार्यालयभित्र पसेपछि बाटो हिलाम्य भएको छ ।
रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत खोला तथा नदीमा पानीको बहाव बढेको छ ।
अहिले नदीमा पानीको बहाव सतह घट्दै गएको छ ।