१८ असार २०८३, बिहीबार

काठमाडौँको सुन्दरीघाटस्थित  बाढीमा फसेका १५ जनाको  उद्धार

साउन १६, २०८१
काठमाडौं
काठमाडौँको सुन्दरीघाटस्थित  बाढीमा फसेका १५ जनाको  उद्धार

 अविरल वर्षाको कारण काठमाडौँको कीर्तिपुर नगरपालिका- १० स्थित  सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको उद्धार गरिएको छ । 

  सशस्त्र प्रहरी बल  नेपाल नं १८ निलबाराही गणबाट  खटिएको सुरक्षा फौजले  उनीहरूको उद्धार गरेको हो । 

बाढीमा फसेको खबर पाएपछि बुधवार बिहान ५:०० सो गणबाट फौज परिचालन गरिएको थियो । उनीहरूलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी  सुरक्षित स्थलमा ल्याइएको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्