०३ साउन २०८३, आइतबार

इजरायली कारबाहीमा हमासका प्रमुख नेता इस्माइल हानियाको मृत्यु

साउन १६, २०८१
काठमाडौं
इजरायली कारबाहीमा हमासका प्रमुख नेता इस्माइल हानियाको मृत्यु
इस्माइल हानिया

इजरायली कारबाहीमा हमासका प्रमुख नेता इस्माइल हानिया मारिएका छन् ।  इजरायलले तेहरानमा गरेको कारबाहीमा आफ्ना प्रमुख नेता हानिया मारिएको हमासले जनाएको छ । 

हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो । उनी ६२ वर्षका थिए ।

हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

उनको अर्को नाम अबु अल-अब्द हो । उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो ।

उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए । इजरेल-गाजा युद्धका क्रममा उनी कतारमा बस्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्