
इजरायली कारबाहीमा हमासका प्रमुख नेता इस्माइल हानिया मारिएका छन् । इजरायलले तेहरानमा गरेको कारबाहीमा आफ्ना प्रमुख नेता हानिया मारिएको हमासले जनाएको छ ।
हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो । उनी ६२ वर्षका थिए ।
हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
उनको अर्को नाम अबु अल-अब्द हो । उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो ।
उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए । इजरेल-गाजा युद्धका क्रममा उनी कतारमा बस्दै आएका थिए ।