०१ असार २०८३, सोमबार

बालिका बलात्कारको आरोपमा ३ जना पक्राउ

साउन १६, २०८१
रुकुम पश्चिम
बालिका बलात्कारको आरोपमा ३ जना पक्राउ

रुकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका- १ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।​

उनीहरूलाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका- १ चौरजहारी बजारस्थित​ एक ​होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्