१२ असार २०८३, शुक्रबार

भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो, उद्धार कार्य जारी

साउन १६, २०८१
काठमाडौं
भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो, उद्धार कार्य जारी

भारतको वायनाडमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १४३ पुगेको छ । पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको केरलाको स्वास्थ्य विभागले जनाएको छ ।  

विनासकारी पहिरोले आवास तथा सडकहरू क्षतिग्रस्त हुनुका साथै  जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुर्‍याएको जनाइएको छ ।

यसैबीच, मंगलबार केरला विधान सभामा राष्ट्रिय झण्डा आधा झुकाएको छ भने दुई दिने शोकको घोषणा गरेको छ ।  

यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले जुलाई ३१ र अगष्ट १ मा केरलामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्