१६ असार २०८३, मंगलबार

प्रादेशिक अस्पताल भद्रपुरका कर्मचारी मृत भेटिए

साउन १६, २०८१
झापा
प्रादेशिक अस्पताल भद्रपुरका कर्मचारी मृत भेटिए

प्रादेशिक अस्पताल भद्रपुरका कर्मचारी अस्पतालमै मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दका अनुसार २४ वर्षीय सुरज शर्मा अस्पतालभित्रै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

उनी अस्पतालको स्वास्थ्य बीमा शाखामा करारमा स्वास्थ्य सहायक पदमा कार्यरत थिए ।

यसैबीच इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का  २८ वर्षीय झकबहादुर खड्का रहेका छन् ।

खड्का चार दिन अघि लागुऔषधसहित मेचीनगर–६ बाट पक्राउ परेका थिए ।

दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्