०५ साउन २०८३, मंगलबार

प्राकृतिक स्रोत समितिकी सभापति थापामगरले लिइन् शपथ

साउन १६, २०८१
काठमाडौं
प्राकृतिक स्रोत समितिकी सभापति थापामगरले लिइन् शपथ

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

बुधवार संसद् सचिवालयमा आयोजित समारोहमा सभामुख देवराज घिमिरेले सभापति थापामगरलाई शपथ ग्रहण गराएका हुन् ।    

यो समितिको सभापतिमा एकल उम्मेदवारी मात्र परेपछि थापामगर सोमवार निर्विरोध निर्वाचित भएकी थिइन् ।  

थापामगर कांग्रेसकी समानुपातिक सांसद हुन् । 
 

कमेन्ट गर्नुहोस्