०१ असार २०८३, सोमबार

अस्ट्रेलियाका उपप्रधानमन्त्रीसँग दुई देशकाे नागरिकता, पदबाट बर्खास्त हुने !

कात्तिक २०, २०७४
अस्ट्रेलियाका उपप्रधानमन्त्रीसँग दुई देशकाे नागरिकता, पदबाट बर्खास्त हुने !

क्यानबेर्रा, १० कार्तिक– अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नेबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिएका छन् । उनीसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो ।

अयोग्य ठहरिएका जोयस लिवरल नेश्नल पार्टीसँग सत्ता साझेदारी गरेको नेश्नल पार्टीका नेता हुन् ।

उनीहरुसँग दोहोरो नागरिकता रहेकाले सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो । अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था रहेको छ ।

जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिएका छन् । उनीहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिइसकेका थिए ।

जोयस र लुड्लामका बुवा आमा न्युजल्याण्डमा जन्मिएका हुन् । त्यसैगरी नाशको बुवा स्कटल्याण्डमा जन्मिभएका हुन् भने रोबर्टस् भारतमा जन्मिएका थिए । त्यस्तै वेल्स र उनका बुवाको जन्म क्यानडामा भएको हो ।

उनीहरुको सांसद पद खारेज भएसँगै अष्ट्रेलियाको अहिलेको सरकारले संसदको बहुमत गुमाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्