०१ असार २०८३, सोमबार

अपाङ्गता भएका ३१ जनालाई सहयोग सामग्री वितरण

साउन २०, २०८१
झापा
अपाङ्गता भएका ३१ जनालाई सहयोग सामग्री वितरण
फाइल फोटो

झापाको कचनकवल गाउँपालिकाले ३१ जना अपाङ्गता भएकालाई आज सहयोग सामग्री वितरण गरेको छ ।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले आर्थिक वर्ष २०८०/०८१ मा अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमअन्तर्गत सहयोग सामग्री वितरण गरेको हो ।

गाउँपालिकाले १४ जनालाई ह्वीलचियर, दुईलाई वैशाखी, पाँच जनालाई श्रवण यन्त्र, एक जनालाई वाकर, चार जनालाई एल्बो कर्चेज, दुई जनालाई तीन पाङ्ग्रे साइकल, दुई जनालाई कम्बोर्ड चियर र एकलाई सेतो छडी प्रदान गरेको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जानकारी दिए ।

सहायक सामग्री प्राप्त गरेपछि अपाङ्गता भएका व्यक्तिले आफ्नो दैनिक जीवनमा सहजता आउने आफूहरूको विश्वास रहेको अध्यक्ष राजवंशीले बताए ।

सहायक सामग्री प्राप्त गर्नेहरूले कार्यक्रमको निरन्तरताको अपेक्षा गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्ष राजवंशी र उपाध्यक्ष नवराज भट्टराईले सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्