०५ साउन २०८३, मंगलबार

युक्रेनमा एफ–१६ लडाकु विमान भित्रियो

साउन २१, २०८१
काठमाडौं
युक्रेनमा एफ–१६ लडाकु विमान भित्रियो

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी निर्मित एफ–१६ लडाकु विमान देशमा प्राप्त गरेको बताएका छन् ।

गोप्य स्थानमा आयोजित कार्यक्रममा जेलेन्स्कीले यसबारे जानकारी गराएका हुन् । जेलेन्स्कीले विमानको आगमनले युक्रेनको वायुसेनाको शक्ति अझ बढ्ने बताए । युक्रेन अहिलेसम्म सोभियत युगको जेट विमानमा मात्र निर्भर थियो।

तर, जेलेन्स्कीले अमेरिकाबाट कतिवटा विमान प्राप्त गरेका छन् भन्ने बताएनन् ।

उनले डेनमार्क, नेदरल्यान्ड्स र विशेष गरी अमेरिकालाई १८ महिनाको प्रतीक्षापछि विमान उपलब्ध गराउन सहयोग गरेकोमा धन्यवाद दिए।

यद्यपि, जेलेन्स्कीले युक्रेनलाई थप विमानहरू चाहिने बताए।

salt training

कमेन्ट गर्नुहोस्