
सर्बियाका टेनिस खेलाडी नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा पुरुष सिंगल्स टेनिसको फाइनल खेल जितेर स्वर्ण पदक प्राप्त गरेका छन् ।
फाइनल खेलमा जोकोभिचले स्पेनका कार्लोस अल्काराजलाई ७-६, ७-६ ले हराए।
जोकोभिचको यो पहिलो ओलम्पिक उपाधि पनि हो ।
योसँगै जोकोभिच ओलम्पिक टेनिस प्रतियोगितामा सबैभन्दा बढी उमेरमा स्वर्ण पदक जित्ने खेलाडी बनेका छन् ।
गत महिना भएको विम्बल्डन फाइनलमा अल्काराजले जोकोभिचलाई पराजित गर्दै उपाधि कब्जा गरेका थिए ।