१० साउन २०८३, आइतबार

काठमाडौं–तराई फास्ट ट्रयाक अवलोकनमा प्रधानमन्त्री ओली

साउन २१, २०८१
काठमाडौं
काठमाडौं–तराई फास्ट ट्रयाक अवलोकनमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं–तराई सुरुङ मार्ग अवलोकन तथा सुरुङ ब्रेक थ्रुका लागि मकवानपुर पुगेका छन् ।

मकवानपुरको बकैया गाउँपालिका– १२ धेद्रेस्थित सुरुङ ब्रेक थ्रुका लागि प्रधानमन्त्री ओली मकवानपुर पुगेका हुन् ।

१७२८ मिटर लम्बाइ रहेको सुरुङ सोमबार ब्रेक थ्रु हुँदैछ ।

धोद्रेकै जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६५३ मिटरको सुरुङ भने गत जेठमै छिचोलिएको थियो ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किलोमिटर द्रुत मार्ग निर्माणको काम २०७४ वैशाखदेखि नेपाली सेनाले गर्दै आएको छ ।

२०८१ मंसिरमा निर्माण सक्नुपर्ने गरी शुरू भएको कामका लागि २०८३ चैतसम्मको म्याद थपिएको छ ।

अहिलेसम्म ३५.३८% प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्