२९ जेठ २०८३, शुक्रबार

निर्वाचन क्षेत्रमा जाँदा ममाथि अभद्र व्यवहार भयो, फोहोरी शब्दले गाली गरे– सोविता गौतम

साउन २१, २०८१
काठमाडौं
निर्वाचन क्षेत्रमा जाँदा ममाथि अभद्र व्यवहार भयो, फोहोरी शब्दले गाली गरे– सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आफूमाथि आइतबार निर्वाचन क्षेत्रमा दुर्व्यवहार भएको बताएकी छिन् । 

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा गौतमले आफूमाथि विरोधी दलका युवाले फोहोर शब्द बोलेर गालीगलौज तथा दुर्व्यवहार गरेको बताएकी हुन् ।

‘कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ६ मा पहिरो निरीक्षण गरी फर्केर आउँदा गाँजाको नशा र रक्सीले मातिएका युवाले मुख छाडेर गाली गरे । फोहोरी शब्द बोलेर घेर्ने काम भयो,’ गौतमले भनिन्, ‘चक्रब्युहजस्तो रचेर चर्को स्वरमा फोहोरी शब्दले गाली गर्ने र मलाई घेर्ने काम भयो ।’ 

आफू कुरा सुन्न तयार रहे पनि उनीहरू दुर्व्यवहार गर्ने शैलीमा प्रस्तुत भएको गौतमको भनाइ छ ।

‘सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु– ममाथि अभद्र गर्ने व्यक्ति कुनै राष्ट्रिय दलको संगठनमा आबद्ध युवा साथी हुनुहुन्थ्यो । बाटो ढुकेर छोरीमान्छेलाई तर्साउने यो अमर्यादित भएन ? यो हर्कतको जिम्मा त्यो दलले लिने कि नलिने ?’ गौतमले संसद्मा प्रश्न गरिन् । 


 

salt training

कमेन्ट गर्नुहोस्