१० साउन २०८३, आइतबार

सुदूरपश्चिम सरकारले पायो पूर्णता, नवनियुक्त मन्त्रीले लिए शपथ

साउन २१, २०८१
धनगढी
सुदूरपश्चिम सरकारले पायो पूर्णता, नवनियुक्त मन्त्रीले लिए शपथ

कमल शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ। 

सोमबार नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै सरकारले पूर्णता पाएको हो ।

प्रदेश प्रमुखको कार्यालयमा  आयोजना गरिएको विशेष समारोहका बीच ७ जना मन्त्रीले प्रदेश प्रमुख नजिर मियाँबाट र ३ राज्यमन्त्रीहरूले मुख्यमन्त्री कमलबहादुर शाहबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री शाहले विस्तार गरेको मन्त्रीमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका हीरा सार्की, सामाजिक विकास मन्त्री मेघराज खडका, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा रहेका छन् ।

यस्तै सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाशबहादुर बम र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउद रहेका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्