
झापा, मकवानपुर, सिरहा र धादिङमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
झापाको भद्रपुर नगरपालिका- ७ गैरीगाउँ टोलका ३९ वर्षीय अजित विक आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै, मकवानपुरको मनहरी गाउँपालिका- ५ वसन्तपुरका ६३ वर्षीय शेरबहादुर घलान पनि सोमबार नै मृत फेला परेका छन् । उनी मनहरी- ९ खरंगास्थित राप्ती खोलामा मृत भेटिएका हुन् ।
यस्तै, सिरहाको धनगढीमाई नगरपालिका- ८ बैरीवान जंगलस्थित बासँघारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
यसैबीच धादिङको गल्छी गाउँपालिका- ८ स्थित थागेश्वर मन्दिरको प्राङ्गणमा एक जना मृत फेला परेका छन् । अन्दाजी ३२ वर्षीय पुरुष व्यक्तिको सनाखत हुन सकेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।