२४ जेठ २०८३, आइतबार
मौसम पूर्वानुमान

मनसुन फेरि सक्रिय : देशभर ठूलो वर्षाको सम्भावना, भोलिसम्मै पानी पर्ने

साउन २२, २०८१
काठमाडौं
मनसुन फेरि सक्रिय : देशभर ठूलो वर्षाको सम्भावना, भोलिसम्मै पानी पर्ने

आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै देशभर पानी परिरहेको छ । 

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो पनि देशभर पानी पर्ने सम्भावना छ । दिउँसो देशका सबै प्रदेशमा  मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति पनि सबै प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ। सबै राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको महाशाखाले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तरतर्फ अवस्थित छ ।

महाशाखाले हिजै विशेष बुलेटिन जारी गरेर मधेश र कर्णालीबाहेक ६ प्रदेशका ३६ जिल्लामा रेड अलर्ट जारी गरेको थियो । यी क्षेत्रमा धेरै वर्षा हुने र बाढीपहिरोको जोखिम निम्ताउन सक्ने भएकाले रेड अलर्ट जारी गरिएको हो। 

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला रेड जोनमा छन् ।

यसैगरी गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा जिल्ला पनि अति खतराको रेड जोनमा परेका छन् ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि रेड जोनमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्