२५ असार २०८३, बिहीबार

नारायणी नदी तटबन्धनमा बजेट अभाव, गत वर्षकै ४० करोड भुक्तानी दिन बाँकी

साउन २२, २०८१
चितवन
नारायणी नदी तटबन्धनमा बजेट अभाव, गत वर्षकै ४० करोड भुक्तानी दिन बाँकी
फाइल तस्वीर

नारायणी नदीमा तटबन्धन गर्न लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो ।

गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने एक अर्ब १३ करोड ६४ लाखमध्ये ५७ करोड भुक्तानी गरिएको छ । 
पेश्कीसहित हिसाब मिलान गर्दा गत वर्षको ४० करोडभन्दा बढी काम गरेको भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।

आयोजना सबै सम्पन्न गर्न तीन अर्ब ९५ करोड खर्च हुन्छ । हालसम्म दुई अर्ब भुक्तानी गरिएको छ । 

आयोजनाले चितवनमा नारायणी नदी तटबन्धका लागि लगाएका पाँच ठेक्कामध्ये दुईवटा सम्पन्न भएका छन् । तीमध्ये एउटा पूरै भुक्तानी गरिएको छभने अर्को एउटाको भुक्तानी दिन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्