२९ असार २०८३, सोमबार

पूर्वप्रधानमन्त्री खालिदा जियासहित विद्यार्थी आन्दोलनमा पक्राउ परेका सबै रिहा हुने

साउन २२, २०८१
काठमाडौं
पूर्वप्रधानमन्त्री खालिदा जियासहित विद्यार्थी आन्दोलनमा पक्राउ परेका सबै रिहा हुने

बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गरिने भएको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दिनको नेतृत्वमा सोमबार बेलुकी बसेको बैठकले आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

बैठकले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष बेगम खालिदा जियालाई पनि तुरुन्तै रिहा गर्ने निर्णय गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । 

बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात–ए–इस्लामी पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए ।

सेना प्रमुखले सरकारी टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेर कामचलाउ सरकार बनाउने बताएका छन् । प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्