०२ असार २०८३, मंगलबार

२० वटा वाणिज्य बैङ्कमध्ये आधाको नाफा घट्यो

साउन २२, २०८१
काठमाडौं
२० वटा वाणिज्य बैङ्कमध्ये आधाको नाफा घट्यो

 दुई वर्षभन्दा लामो समय शिथिल रहेको अर्थतन्त्रको प्रभाव वाणिज्य बैङ्कहरूको नाफामा देखिएको छ । सोमबार सार्वजनिक भएको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कुल २० वटा वाणिज्य बैङ्कमध्ये आधाको नाफा घटेको छ । नाफामा रहेका बैङ्कको वित्तीय विवरण पनि पूर्ण स्वस्थ छैन । 

विवरण अनुसार गत आवमा वाणिज्य बैङ्कहरूको कुल नाफा ६४ अर्ब १६ करोड रुपियाँ पुगेको छ । त्यस अघिको आव २०७९/८० को तुलनामा त्यस्तो नाफा १३.४० प्रतिशतले वृद्धि भए पनि सञ्चालनमा रहेका आधा बैङ्कहरूको नाफा घट्नु समग्र बैङ्किङ व्यवसायका लागि भने सुखद् नभएको विज्ञहरूको भनाइ छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्