
ग्लोबल टी–२० क्यानडा २०२४ मा टोरोन्टो नेसनल्स पराजित भएको छ । उक्त टोलीमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल आबद्ध छन् ।
सोमबार भएको खेलमा टोरोन्टो नेसनल्स ७ विकेटले पराजित भएको हो ।
टोरोन्टोले प्रस्तुत गरेको ५३ रनको लक्ष्य मोन्ट्रेयल टाइगर्सले ५१ बल अगावै ३ विकेटको क्षतिमा पछ्याएको हो । टोलीका लागि कप्तान टिम सेइफर्टले १५ तथा दिलप्रित बाजवाले १२ रनको योगदान दिए ।
७ खेलपछि ७ अङ्क बटुल्दै टोरोन्टो चौथो स्थानमा सीमित रहेको छ ।