
आयोजक फ्रान्स र स्पेन पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेका छन् । गएराति सम्पन्न सेमिफाइनल खेलमा स्पेनले मोरक्कोलाई २–१ ले र फ्रान्सले इजिपटलाई ३–१ ले हराउँदै फइनल प्रवेश गरेका हुन् ।
फाइनल खेल ९ अगष्टमा पेरिस सेन्ट जर्मेन (पिएसजी)को मैदान पार्क डेस प्रिन्सेसमा हुनेछ।
स्पेनको जितमा फर्मिन लोपेज र जुआन्लु सान्चेजले गोल गरे। मोरक्कोका लागि सौफिअनले गरेको गोल सान्त्वना बन्यो।
यस्तै, फ्रान्सको जितमा जेआन फिलिप माटेटाले दुई र माइकल ओलिसले एक गोल गरे ।