१३ साउन २०८३, बुधबार
आकस्मिक बाढीको जोखिम

काठमाडौंका नदी र खोलामा जलसतह बढ्यो, सतर्क रहन आग्रह

साउन २२, २०८१
काठमाडौं
काठमाडौंका नदी र खोलामा जलसतह बढ्यो, सतर्क रहन आग्रह

लगातारको झरीले काठमाडौंका विभिन्न नदी तथा खोलाको जलसतह बढेको छ । काठमाडौंस्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

जलसहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  

यस्तै, ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

यसैगरी बागमती, बिष्णुमती, धोबी खोला, हनुमन्ते खोलामा पनि जलसतह बढेको छ । 

आज काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्