
गुल्मीको मुसिकोट नगरपालिका– १ बिसौनामा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब नौ बजे २५ मिटरमाथिबाट आएको लेदो पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार लेदोले पुरिएर स्थानीय गोरे विक, हुकुम विक, मुसुरी विक र साढे दुई वर्षकी रिएन्सी विकको मृत्यु भएको हो ।
त्यस्तै दुई जना घाइते भएका छन् ।
घाइते हुकुम विक र नुना विकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको एसपी भुजेलले जानकारी दिए ।