
चौथो कार्यकालका लागि निर्वाचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक संसदीय समितिमा जाने भएका छन् ।
मंगलवार दिउँसो बस्ने राज्य व्यवस्था समितिको बैठकमा ओली सहभागी हुन लागेका हुन् ।
समिति सभापति रामहरि खतिवडाले प्रधानमन्त्री आउन लागेको लोकान्तरलाई जानकारी दिए ।
भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल प्रारम्भ गर्ने बैठकको कार्ययूची छ ।
प्रधानमन्त्री राज्य व्यवस्था समितिको पदेन सदस्य रहने व्यवस्था छ ।