२६ जेठ २०८३, मंगलबार

शेयर बजारमा झण्डै डेढ सय अंकको पहिरो, इतिहासकै सबैभन्दा बढी कारोबार

साउन २२, २०८१
काठमाडौं
शेयर बजारमा झण्डै डेढ सय अंकको पहिरो, इतिहासकै सबैभन्दा बढी कारोबार

नेपाल स्टक एक्सचेन्जमा सबैभन्दा बढी कारोबारको रेकर्ड तोडिएको छ । मंगलबार नेपाली शेयर बजारमा इतिहासकै सबैभन्दा बढी कारोबार भएको हो ।

२३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँको कारोबार हुँदा परिसूचकमा भने ठूलै पहिरो गएको छ ।

यसअघि २१ अर्ब ९१ करोडको कारोबारलाई मंगलबार २३ अर्ब ७१ करोड ६७ करोड रुपैयाँको कारोबारले तोडेको हो । 

यसअघि गत साउन १६ गते मात्रै शेयर बजारले ३ वर्षअघिको अधिकतम कारोबारको रेकर्ड तोडेको थियो । 

साउन १६ गते बजारमा २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो । 

मंगलबार शेयर बजारमा ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा नेप्सेमा १४५ दशमलव ०५ अंकले गिरावट आएको छ । ५ दशमलव १८ प्रतिशतले गिरावट आएको परिसूचक २६५१ दशमलव ३२ को बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै ४० अंकले बढेको बजारमा २१ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो । 

आज १० कम्पनीको सेयर नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

यसदिन नेपाल फाइनान्स, गोरखा फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट, शुभम पावर, हाथवे इन्चेस्टमेन्ट नेपाल र ओरियन्टल होटल्सको सेयर नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । 

आज कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स १ अर्ब ३९ करोड ७८ लाख ८० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

आज १४५.०५ अंकले घटेर नेप्से परिसूचक २६५१.३२ को बिन्दुमा अडिएको छ ।  अघिल्लो दिन सोमबार मात्रै ४० अंकले बढेको बजारमा २१ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो । 

आज १० कम्पनीको सेयर नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

यसदिन नेपाल फाइनान्स, गोरखा फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट, शुभम पावर, हाथवे इन्चेस्टमेन्ट नेपाल र ओरियन्टल होटल्सको सेयर नकारात्मक सर्किट लेबलमा कारोबार भएको हो । 

आज कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स १ अर्ब ३९ करोड ७८ लाख ८० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्