![जीवन बीमा कम्पनीहरूको व्यवसाय १ खर्ब ५६ अर्बमाथि [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/life_insurance_qeS840f1nL.webp)
जीवन बीमा कम्पनीहरूको बीमाशुल्क १ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनीहरूले गत असार मसान्तसम्ममा कुल १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क पुर्याएका हुन् ।
सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले असारसम्म कुल ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ प्राथमिक बीमाशुल्क आर्जन गरेका छन् ।
जीवन बीमा कम्पनीहरूले असारमा मात्रै ६ अर्ब ७८ करोड १४ लाख रुपैयाँ प्राथमिक शुल्क, नवीकरण शुल्कबापत १५ अर्ब ९२ करोड ४१ लाख गरी कुल २२ अर्ब ७० करोड ५५ लाख रुपैयाँ बीमा सुल्क सङ्कलन गरेका छन् ।
असारसम्म आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले कुल ८ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको पाइएको छ । यसैगरी नेशनल लाइफ इन्स्योरेन्सले १९ अर्ब २० करोड ३५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १८ अर्ब १० करोड ७५ लाख र मेटा लाइफ इन्स्योरेन्सले ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ संकलन गरेको पाइएको छ ।
यस्तै एसियन लाइफ इन्स्योरेन्सले ८ अर्ब ५ करोड ४८ लाख, आईएमई लाइफले ४ अर्ब ७४ करोड १२ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ८८ करोड ५४ लाख, रिलायबल नेपालले ४ अर्ब २० करोड ९० लाख, सिटिजन्स नेपाल ६ अर्ब २१ करोड ५३ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले ९ अर्ब ५० करोड ७ लाख संकलन गरेका छन् ।
साथै सानीमा रिलायन्स लाइफले ६ अर्ब १८ करोड ९० लाख, हिमालयन लाइफले १६ अर्ब ६० करोड ८० लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ अर्ब ३७ करोड २३ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् ।
हेरौं सूचीः
