
काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । दुई देशबीचको उपाधि भिडन्त साँझ सवा ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।
दक्षिण एसियाली स्तरको धेरै खेलकुदमा नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ ।
अहिलेसम्म नेपालले महिला भलिबलमा एक पटक मात्र भारतलाई हराएको छ । शनिबार लिग चरणको खेलमा नेपालले भारतलाई हराएको थियो ।
सन् २०१९ को दक्षिण एसियाली खेलकुद र सन् २०२३ को काभा वुमन्स च्यालेन्ज कपमा नेपालले घरेलु मैदानमा भारतसँग हारका कारण उपाधि गुमाएको थियो ।

मंगलबार सेमीफाइनलमा इरानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो । भारत मंगलबार नै श्रीलंकालाई हराएर फाइनलमा पुगेको हो ।