२५ जेठ २०८३, सोमबार

बेलायतमा हूलदङ्गा भएको स्थानमा भ्रमण नगर्न नेपाली दूतावासको आग्रह

साउन २३, २०८१
काठमाडौं
बेलायतमा हूलदङ्गा भएको स्थानमा भ्रमण नगर्न नेपाली दूतावासको आग्रह

बेलायतमा रहेको नेपाली राजदूतावासले हालै केही दिनदेखि बेलायतका विभिन्न शहरमा प्रदर्शन हुलदंगा चलिरहेको हुँदा बेलायतमा रहेका एवम् बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नेपाली नागरिकलाई यस्तो हूलदङ्गा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको छ । 

 राजदूतावासले वर्तमान परिस्थितिलाई नजिकबाट नियाली रहेको उल्लेख गर्दै यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरु ध्यानपूर्वक पालना गर्न अनुरोध पनि आग्रह गरेको छ । 

बेलायतस्थित नेपाली संघ संगठनहरुलाई आफ्नो संस्था, समुदायमार्फत नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउनु हुन एवं समन्वय गर्नुहुन समेत अनुरोध गरिएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्