२७ जेठ २०८३, बुधबार

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

साउन २३, २०८१
लमजुङ
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
फाइल तस्वीर

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । 

अविरल वर्षाले गएराति सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी छ । 

६५ किलोमिटर लामो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्