१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले मैदानमै गएर काभा महिला भलिबलको फाइनल हेर्ने

साउन २३, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीले मैदानमै गएर काभा महिला भलिबलको फाइनल हेर्ने

प्रधानमन्त्री केपी शर्मा ओली आज हुने काभा महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । 

प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री ओली सहभागी हुने उनको सचिवालयले जनाएको हो । 

नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ । 

खेल साँझ ५ बजेदेखि शुरू हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । 

यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो । 

लिगचरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ । 

भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

salt training

कमेन्ट गर्नुहोस्